गोरेले पोलेका छिरिङको बयानः गोरे को हो म चिन्दिन
हराएर अँझैसम्म नभेटिएको तस्करीको साढे ३३ केजी सुन अँझै रहश्यमै छ । तस्करका मुख्य नाईके भनिएका गोरे उर्फ चुडामणी शर्मा, एयरपोर्टबाट सुन पास गर्न मुख्य भुमिका खेलेको भनिएका एसएसपी श्याम खत्री लगायत पक्रा पर्दा पनि हल्ला गरिएझैँ सुन तस्करीमा संलग्न ठुलो माछाबारे कुनै सुचना पत्ता लाग्न सकेको छैन ।
हराएको साढे ३३ केजी सुनकाण्डकै कारण ३ जनाको ज्यान गईसकेको छ । गोरे, एसएसपी श्याम खत्रीपछी सुन तस्करीमा संलग्न भनिएका अभियुक्त छिरिङ वाङ्गेल घलेले आफ्नो बयानमा आरोप ईन्कार गरेका छन् ।
लामो समयसम्म फरार रहेका उनले आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । लगत्तै सुरु भएको बयानमा उनले आफूमाथि लागेको सबै आभियोग अस्वीकार गरेका हुन् ।
भुजुङ गुरुङ नाताले भिजानु पर्ने भएपनि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् । मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग भने चिनजान नै नभएको उनले दाबी गरेका छन् ।
जबकी गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनीको मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका छन् । छिरिङले भने आफू सुन तस्करीमा संलग्न नै नभएको दाबी गरेका छन् ।
साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको उनले स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ ।
गोरे समूहका मानिसहरुले भन्ने गरेको डा.डेविट आफू नभएको दाबी गर्दै उनले भनेका छन–‘निजले अदालतमा म विरुद्ध बयान गर्नुका कारण आफ्नो समूहका मानिसलाई बचाई मलाई फसाउन हुनुपर्छ । गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ । म छिरिङ वाङ्देल गुरुङ हो म सुन कारोगार नगर्ने हुँदा निर्दोष छु ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्