सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्मार्ट लाईसेन्स प्रिन्ट भएनभएको अब एसएमएसबाट

अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए/नभएको जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । ट्रायल पास भएपछि, रिन्यू र वर्ग थपका लागि दिएको आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि अब विभागमा पटक–पटक जानुपर्ने छैन ।

यातायात व्यवस्था विभागले एसएमएस गरेर नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने सकिने सिस्टम सञ्चालनमा ल्याएको हो । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT‹space›Applicant ID) ३१००३ मा एसएमएस गर्न सकिनेछ ।

त्यसैगरी विभागले आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउन पनि एसएमएसको सुविधा सुरु गरेको छ । यसका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC‹space›Applicant ID) ३१००३ मा एसएमएस गर्न सकिने छ ।

विभागले हालै ४ वटा स्मार्ट कार्डप्रिन्ट गर्ने मेसिन ल्याएको छ । अहिले झण्डै ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । अबको २ महिनाभित्र लाइसेन्सका अभावसम्बन्धी सम्पूर्ण समस्या हट्ने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्