ठमेलमा गुण्डागर्दी गर्ने भाले डन प्रहरी फन्दामा
काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ भाले डनलाई काठमाण्डौ प्रहरीले पक्राउ गरेको छ । ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको जनाइएको छ । लामा यसअघि पनि हातहतियार सम्बन्धि मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्