सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मनपरी भएपछी बैंकले आफै तोके ब्याजदरको सिमा

नेपाल बैंकर्स संघ (एनबीए) ले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो ।

अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन पाइने छैन । संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म मात्र ब्याज दिन पाउने निर्णय भएको बैकर्स संघका सदस्य तथा प्रभु बैंकका सीईओ अशोक शेरचनले बताएका छन ।

यसअघि संस्थागतलाई ११.१५ प्रतिशतसम्म ब्याज दिन पाइन्थ्यो । सर्वसाधारण निक्षेपकर्तालाई बढीमा ११ प्रतिशत ब्याज दिन पाइनेछ । अहिले १२.२२ प्रतिशतसम्म दिने गरिएको छ ।

साथै मुद्दती निक्षेपको ब्याज अब ३ महिनापछि मात्रै भुक्तानी गरिनेछ । अहिले बैंकहरुले प्रत्येक महिनामा यस्तो ब्याज दिने गरेका छन् । ब्याजदरमा पहिले पनि सीमा थियो । तर, तरलता सहज भएको भन्दै केही दिन अघि बैकर्स संघले आफ्नो निर्णय फिर्ता लिएको थियो ।

यो निर्णय लगतै पुन ब्याजदर बढाउन थाले । बैंकहरुले १२ प्रतिशतमाथि गएर ऋण उठाउन थाले, जसले गर्दा बैंकहरुले दिने कर्जाको ब्याजदर २० प्रतिशतको हाराहारी पुग्न थालेको थियो । संस्थागत निक्षेपकर्तालाई समेत १४ प्रतिशतसम्म ब्याज प्रदान गर्ने गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्