सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

विवादमा तानिएपछी कानुनमन्त्रीको पद खोसियो

आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका कानुनमन्त्री शेरबहादुर तामाङलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजीनामा दिन निर्देशन दिएको छ । जानकारीमा आए अनुसार मन्त्री तामाङले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्दैछन ।

नेपालमा मेडिकल कलेज खोल्नुपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न मन्त्री तामाङले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।

मन्त्री तामाङको यो आपत्तिजनक अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरेका छन । मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका छन । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरेका छन ।

डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए ।

बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् । मन्त्री तामाङले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । स्रोतका अनुसार उनले त्यहीबाट मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS