सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दर्शन समाज जापानले तिजको दर खुवायो

जापानमा रहेका ठकुरीहरुको छाता संगठन दर्शन समाज जापानले दर खुवाउने कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । परदेशमा रहेका छोरीचेलीलाई तिजमा माईतीको नियास्रो मेटाउन दर खाने कार्यक्रम आयोजना गरिएको दर्शन समाज जापानका अध्यक्ष सुरज मल्ल ठकुरीले बताएका छन ।

दर खुवाउने कार्यक्रमसंगै नाचगान तथा गितसंगितको कार्यक्रम समेत आयोजना गरिएको अध्यक्ष मल्लले बताएका छन । तिज बिशेष सांगितिक कार्यक्रममा गायक फणिन्द्र ठकुरी र तारापती सुवेदीले गित गाएर चेलीबेटीलाई छमछमी नचाएका थिए ।

कार्यक्रम ठकुरी कलाकार संघका महासचिव शरणविक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । दर्शन समाज जापानकी सल्लाहकार पवन बर्षा शाहले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।

समाजका अध्यक्ष सुरज मल्ल ठकुरीले सभापतित्वमा भएको दर खाने कार्यक्रम सिमा हमालको संयोजकत्वमा सम्पन्न भएको हो । हरितालिका तिजको अवसरमा आयोजना गरिएको तिजको दर खुवाउने कार्यक्रम टोक्योको सिनओकुवोस्थित टोक्यो रोधी क्लवमा भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्