सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

ओलीले ‘हुन्छ ?’ भनि सोध्दा देउवाले ‘गर्ने’ भनेपछी

एमालेले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा गरेको चियापान कार्यक्रममा नेताहरुबीच शुभकामना आदान प्रदान संगै सामान्य घोचपेच पनि चलेको छ ।

चियापानमा एमाले अध्यक्ष ओलीले भन्नुभयो–‘‘शुभकामना आदानप्रदानको समयमा राजनीतिक पक्ष विपक्षको भाषा बोल्न चाहान्न, सबै दल र पक्षलाई स्वागत भन्न चाहन्छु ।’’

‘काँग्रेसलाई सुतेको बाघजस्तो दल भन्नुहुन्थ्यो त, नजिकै बस्दा डर लाग्या छैन’ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीको जवाफ थियो, ‘‘जगाइ राख्या छु ।’’

बाघलाई जगाउनु पनि खतरा होइन र ? भन्ने प्रति प्रश्नमा ओलीले भन्नुभयो–‘‘काँग्रेसलाई अरु सानो तिनो किन भन्ने भनेर त्यसो भनेको नि ।’’

cpn-uml-chiyapan-1

चियापान कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सँगै रहेका बेला पत्रकारले निर्वाचनबारे प्रश्न तेर्साएपछि दुबै नेताले मुख खोले ।

‘निर्वाचन समयमा हुन्छ त ?’ पत्रकारको प्रश्नलाई काँग्रेस सभापति शेरबहादुर देउवातिर देखाउँदै एमाले अध्यक्ष ओलीले भन्नुभयो–‘‘निर्वाचन त गर्नैपर्छ नि होइन र, सरकारको धारणा के छ र ?’’

uml-tea-party-3

छेउमै बसेका ओली र अन्य नेतालाई पनि साक्षी राखेर काँग्रेस सभापति देउवाले पनि रमाइलो शैलीमा उत्तर दिनुभयो–‘‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ । गर्ने, गर्ने, गर्ने ।’’ त्यसपछि नेता र पत्रकारबीच हाँसोको फोहोरा छुट्यो ।

सभापति देउवाले संविधान संशोधनको प्रस्ताव आवश्यक छैन भनेर एमालेले नभनेको बरु त्यसको औचित्य खोजिरहेको बताउँदै सहमति गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ब्रिक्स सम्मेलनका लागि भारतमा रहेकाले चियापानमा उपस्थित हुनुभएको थिएन । अन्य दलका सबै शिर्ष नेताको चियापान कार्यक्रममा सहभागीता थियो ।

cpn-uml-chiyapan-2

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS