सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दशैंमा घर जाने हो ? असोज ५ बाट टिकट बुकिङ खुला

दशैँ हिन्दु धर्मावलम्बी नेपालीहरुको सबैभन्दा ठुलो चाड हो । नेपाल हिन्दु धर्मावलम्बीको बाहुल्यता भएको देश भएको हुनाले दशैं स्वभाविक रुपमा नेपाल र नेपालीको महान चाड हो । दशैँ नजिकिँदै गर्दा शहरबजारमा दशैतिहारको चहलपहल लगभग सुरु हुने अवस्थामा छ ।

दशैं आउनै लाग्दा दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् ।

यातायात व्यवस्था विभाग, ब्यवसायी र प्रहरी अधिकारीहरुबीच आज भएको बैठकले सर्वसाधारणलाई घर जान सहज गर्नका लागि असोज ५ गतेबाट बुकिङ खुल्ला गर्ने निर्णय गरेको यातायात ब्यवस्था विभागका प्रवक्ता गोकुलप्रसाद उपाध्यायले जानकारी दिएका हुन ।

सरकारले सिण्डिकेटको नाममा यातायात क्षेत्र अस्तब्यस्त पारे पनि यात्रुहरुलाई दशैं मान्नका लागि सर्वसाधारणलाई गन्तव्यमा लैजान सहमति गरिएको राष्टिय यातायात व्यवसायी संघका महासचिव सरोज सिटौलाले बताएका छन ।

उनका अनुसार चाडपर्व मान्न काठमाडौंबाट २० लाखको हाराहारीमा मानिसहरु उपत्यका बाहिर जानेछन् । दशैंका लागी अग्रिम टिकट नयाँबसपार्क, कलंकी, कोटेश्वर, गौशाला र बालाजु लगायतका स्थानबाट खुला हुने बताईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्