सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

राति २ बजे बालिकालाई झ्यालबाट फाल्ने को ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक बालिकामाथि आक्रमण भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब २ बजे तिलोत्तमा नगरपालिका–१ की १३ वर्षीया बालिकामाथि आक्रमण भएको हो । बालिका आफ्नै घरको कोठामा सुतिरहेकी थिइन् ।

घरको बाहिर पट्टीबाट र्भयाङ लगाई कोठामा अपरिचित व्यक्तिहरु आइ उनको बायाँ पट्टीको कपाल काट्नुका साथै घरको दोस्रो तलाबाट खसालेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ ।

बालिकालाई उनकी आमाले आइतबार बिहान करिब ६ बजे घाइते अवस्थामा देखेपछि उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल र्पुयाइएको बताइएको छ । परिवारले प्रहरीलाई साढे ७ बजे खबर गरेपछि मात्रै प्रहरीले अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले अनुसन्धानपछि घटनाबारे तथ्यहरु खुल्ने बताएका छन । दुई जना मान्छेहरु आएर बालिकालाई फालेको परिवारले बताएको एसपी थापाले जानकारी गराएका छन ।

घटनाबारे प्रहरीले गम्भिर रुपमा अनुसन्धान सुरु गरेको जनाएको छ । बालिकाको हाल भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको एसपी थापाले बताएका छन । बालिकाको बायाँ हात र खुट्टा फ्याक्चर भए पनि उनको स्वास्थ्यस्थिति खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले परिवारले दिएको बयानअनुसार साढे तीन तलाको घरको दोस्रो तलाको कोठामा उनी सुतेकी थिइन् ।

बालिका राति १० बजे सुतेकी र राति २ बजे शौचालय जाँदै गर्दा आक्रमण भएको प्रहरीले बताएको छ । आक्रमणकारीले मुख थुनेर कपाल काटिदिएका थिए भने घर माथिबाट फालेका थिए ।

परिवारले बताए अनुसार बिहान पढ्नका लागी छोरीलाई उठाउन जाँदा बालिका कोठाको तल जमिनमा बेहोस अवस्थामा फेला परेकी थिईन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS