सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एक जना नेपालीसँग १५ हजार ५ सय ३५ रुपैयाँ

nepali-one-rupees

तपाई हामीले दैनिक प्रयोग गर्ने नेपाली नोट नेपाल सरकारसँग कति छ होला ? हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना नेपालीको भागमा साढे १५ हजार रुपैयाँ पर्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार २०७३ को असोज ३० सम्ममा ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ८० लाख छ । तथ्यांक अनुसार एकजना नेपालीको भागमा १५ हजार ५ सय ३५ रुपैयाँ पर्ने देखिन्छ ।

राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर बजारमा पठाएका र पुनः राष्ट्र बैंक नफर्केका नोटलाई चलन चल्तीमा रहेका नोट भनिन्छ । यसमा बैंक तथा बित्तीय संस्था, सहकारी संस्था तथा एटिएम मेसिनमा रहेका नोटसमेत गणना हुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्