सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अलकायदाको नेपाल प्रमुख भन्दै ठग्ने बेलवासे

jail

अदालतबाट दोषी ठहर भई कैद सजाय समेत भुक्तान गरिसकेका एक व्यक्तिले आफूलाई अलकायदा तथा सशस्त्र समूहको कमान्डर भन्दै रकम असुल्दै आएको पाइएको छ । आफुलाई अलकायदाको नेपाल प्रमुख बताउने व्यक्ति अर्घाखाँचीका ४१ वर्षीय बैकुण्ठ बेलवासे हुन ।

काठमाडौं जिल्ला अदालतबाट २०७० साउन १० गते दोषी ठहरीएका बेलवासे केही वर्षयता भूमिगत समूहको नाममा आपराधिक गतिविधि गर्दै आएको अभियोगमा पक्राउ परेका छन् । बेलवासे सहित चार जनालाई अदालतले अपहरण तथा शरीर बन्धक र संगठित अपराध अभियोगमा दोषी ठहर गर्दै कैद सजाय तोकेको थियो ।

मनमैजुबाट पक्राउ परेका उनले आफूलाई अलकायदाको नेपाल प्रमुख भन्दै उद्योगी व्यवसायी तथा सर्वसाधारणबाट रकम असुल्दै आएको पाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS