सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नयाँ आइफोन किन्दै हुनुहुन्छ ? पढ्नुस, छक्क पर्नुहुन्छ

के तपाई एप्पलको नयाँ आइफोन लिने तयारीमा हुनुहुन्छ ? कि लिईसक्नुभयो ? यदि आइफोन लिने तयारीमा हुनुहुन्छ र लिईसक्नुभएको छ भने तपाईले जान्नैपर्ने कुरा के छ भने आइफोनका नयाँ फाने एक्स, एक्स म्याक्स र एक्स आरको मर्मत निकै महंगो पर्नेवाला छ ।

एप्पलले आफ्नो नयाँ आइफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आरमा अहिलेसम्मकै सबैभन्दा मजबूत काँचको कभर प्रयोग गरिएको दाबी गरिरहेको छ । एप्पलको यो दाबिलाई विश्वभरका समीक्षकहरुले पनि पुष्टि गरिसकेका छन ।

समिक्षकहरु पनि यो भन्छन कि नयाँ आइफोनका फ्रन्ट र ब्याक दुबै साइडमा आइफोन एक्समा भन्दा धेरै नै बलियो काँचको प्रयोग गरिएको छ । जति नै धेरै बलियो र मजबुत भएता पनि नयाँ आइफोनलाई सुरक्षित राख्नका लागि बलियो खोल हाल्नु भने आवश्यक छ ।

किनकी यदि नयाँ आइफोनको डिस्प्ले फुट्यो वा आइफोनका पाटपुर्जा बिग्रिए भने तपाइँले ठूलो मूल्य चुकाउनुपर्नेछ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार नयाँ आइफोनको स्क्रिन मर्मत गर्नु यति महंगो छ कि यो थाहा पाउँदा ग्राहकहरु आइफोन खरीद गर्नै हच्किन सक्ने देखिएको छ ।

आइफोन एक्स एस म्याक्सको मेन्टिनेन्स तथा रिपेयर शुल्क निकै महंगो पर्नेछ । यसको स्क्रिन फुट्यो र बदल्नुपर्ने भयो भने झण्डै ३२९ डलर खर्च लाग्ने बताइएको छ । अर्थात नयाँ आइफोनको स्क्रिन फेर्न पुग्ने पैसाले नयाँ आइफोन सिक्स नै किन्न सकिनेछ ।

यदि डिस्प्लेका अलावा नयाँ आइफोनमा अरु पनि ड्यामेज छ र मर्मत गर्नुपर्नेछ भने ५९९ डलर सम्म खर्च लाग्न सक्दछ । ५ सय ९९ डलरमा आइफोन एट खरीद गर्न सकिन्छ । जबकी आइफोन सेभेनको मूल्य यसभन्दा पनि डेढ सय डलर कम छ ।

आइफोन एक्स एसको स्क्रिन बदल्नका लागि भने २७९ डलर तथा अरु ड्यामेज समेत हुँदा मर्मतका लागि झण्डै ५४९ डलरसम्म खर्च लाग्नसक्ने रिपोर्टमा उल्लेख गरिएको छ । नयाँ आईफोनको खर्चिलो मर्मतबाट बच्ने दुई ओटा उपाय भने छ, कि एप्पलका नयाँ फोन प्रयोग नगर्ने कि बलियो कभर प्रयोग गरी फोन सुरक्षित गर्ने ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्