सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

३८ लाख भारतीयलाई नागरिकता दिएको खुलासा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ३८ लाख भारतीय नागरिकलाई नेपाली नागरिकता दिइएको दाबी गरेका छन । सोमबार राजधानीमा आयोजित नागरिकता विधेयकसम्बन्धी अन्र्तक्रियामा अध्यक्ष केसीले भारतीय नागरिकलाई अबैध रुपमा नेपाली नागरिकता दिइएको दावी गरेका हुन ।

अन्र्तक्रियामा केसीले भने–‘३८ लाख भारतीयले नेपाली नागरिकता पाएका छन । अरु थप २३ लाखलाई दिने तयारी भइरहेको छ । अंगिकृत नागरिकलाई संवैधानिक तथा कार्यकारी प्रमुख हुन पाउने प्रावधान बनाउने प्रयास भइरहेको छ । यसले नेपाललाई भारतमा विलय गराउने प्रक्रियालाई छिटो गराउने छ ।’

भारतीयलाई दिइएका नेपाली नागरिकता तत्काल खारेज गर्न सरकारसँग केसीले मागसमेत गरेका छन । उनले शक्तिशाली नागरिकता छानवीन आयोग गठन गरी अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका हुन ।

पूर्व उप–प्रधानमन्त्रीसमेत रहेका केसीले भारतीय नागरिकलाई नागरिकता दिने काम भइरहे नेपाल छिट्टै भारतमा विलय हुने भन्दै सचेत रहन पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरेका छन ।

उनले भारतले नेपालमा वंशजको आधारमा आफ्ना नागरिकलाई नागरिकता दिलाउन कर्मचारीहरुलाई समेत प्रयोग गर्न सक्ने आशंकासमेत पनि उनले व्यक्त गरेका छन । केसीले अगाडी भनेका छन–‘हाम्रो सानो देश दुई ठुला देशको बीचमा रहेको कुरा हामीले सँधै ध्यानमा राख्नुपर्छ ।’

सरकारले ल्याएको नागरिकता सम्बन्धि विधेयकप्रति सत्तारुढ दल नेकपाकै बरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले पनि असन्तुष्टि जनाएका छन । संघीय संसदमा विचाराधिन विधेयक त्रुटिपूर्ण रहेको उल्लेख गर्दै उनले त्यसलाई सच्याउन सरकार र संसदलाई खवरदारी गर्न पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS