पढाइ खर्चका लागी सुन तस्करी, ५० हजारमा १ एक केजी
प्रहरीले काठमाडौंको बालाजुमा ५ किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौंको बालाजुबाट ५ किलो सुनसहित रसुवाको गोसाईकुण्ड थमान घर भएका १८ वर्षीय सोबहादुर तामाङलाई पक्राउ परेको जानकारी गराएको हो ।
तस्करीको ५ किलो सुन बोकेर आएका तामाङलाई परिसरको एम्बुस टोलीले बालाजुको तीनपिप्लेबाट पक्राउ गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिएका छन ।
एक केजी बराबर ५० हजार र एक वर्षको कलेज शुल्क तिर्ने सहमतिपछि उनी सुन बोकेर काठमाडौं आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । कक्षा १२ मा अध्ययनरत तामाङले यस अघि सो घटनामा सामेल भए, नभएको पनि अनुसन्धान भईरहेको वरिष्ठ प्रहरी उपरीक्षक लामाले बताएका छन ।
तामाङसँगै सुराकी आएको र उनी पक्राउ पर्ना साथ सबै सम्पर्क टुटेको प्रहरीको दावी छ । तामाङलाई कानुनी कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने पनि परिसरका प्रमुख लामाले जानकारी दिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्