सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पाँच बर्ष यही सरकार, चुनावपछी पनि हाम्रै सरकार

अमेरिका र कोस्टारिकाको भ्रमण सकाएर आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ५ वर्षसम्म कायम रहने बताएका छन । स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले सरकार ५ वर्षसम्म चल्ने र त्यसपछि हुने चुनावबाट थप बलियो भएर आउने दाबी समेत गरेका छन ।

आफू नेतृत्वको सरकार बनेपछि केही कामै नभएको जसरी टिकाटिप्पणी भएको प्रति असन्तुष्टि जनाउँदै ओलीले भनेका छन–‘सबैभन्दा लामो समय सरकारमा बस्ने साथीहरुलाई भन्न चाहन्छु । यो गाली गरेपछि सन्तोष मान्ने कुरा मात्र हो ।’

ओलीले भने–‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो, बजेट नै राम्ररी निकासा हुन पाएको छैन त्यो भएन र यो भएन ? नेपाल गरिब यो सात महिनामा भएको हो ? नेपालका बाटाघाटा यही सात महिनामा बनेनन्, पहिले त पिच नै पिच थिए ?’

यस्तै ओलीले नेता माधव नेपालसँग आफ्नो पुरानो मित्रता रहेको भन्दै पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताएका छन । प्रधानमन्त्री ओलीले नेता नेपालसँग आफ्नो २९ सालदेखि मित्रता रहेको भन्दै ढुक्क हुन आग्रह गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्