एसएसपीबाट डिआईजी हुने ११ जनाको नामावली
नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन । प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले शनिबार सो निर्णय गरेको हो ।
शनिबार बसेको बढुवा समितिको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । प्रहरी बरिष्ठ उपरिक्षक विकास श्रेष्ठ दुई नम्बरमा डिआईजी बढुवाका लागि सिफारिस भएका छन ।
बढुवा समितिले ठाकुर प्रसाद ज्ञवाली, पुर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रधुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सुर्य प्रसाद उपाध्यायलाई डिआईजी बढुवाको लागि सिफारिस गरेको छ ।
३३ किलो सुनकाण्डसंग सम्बन्धित यो भिडियो पनि हेर्नुहोस् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्