सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पोखराका सह–न्यायाधिवक्ता थापा रंगेहात फन्दामा

सरकारी वकिलको कार्यालय कास्कीका सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले थापालाई कार्यालयबाटै रंगेहात पक्रिएको हो ।

बुधबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालय शिलान्यास कार्यक्रमको पनि आयोजना गरिएको थियो । सिलान्यास कार्यक्रमको प्रमुख अतिथी अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे थिए । उनै घिमिरेले सुशासन कायम गर्न कर्मचारीहरूले भ्रष्टाचार गर्न नहुने बताउँदै गर्दा सह–न्यायाधिवक्ता ठुलो रकम सहित पक्राउ परेका हुन ।

सह–न्यायाधिवक्ता थापालाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो । ठगी मुद्धालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेको खुलासा भएको छ ।

कार्यालयमै घुस लिने गरेको सूचनाका आधारमा अख्तियारको टोली पुग्दा थापा रकम सहित पक्राउ परेका हुन । कार्यालय समय सुरु हुनुभन्दा अगाडि नै कार्यालय गएपछि थापालाई अख्तियारले पछ्याएको थियो । थापा अहिले अख्तियारको नियन्त्रणमा छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS