मान्छे मारेर मासुको अचार खाने नरभक्षि महिला
मेक्सिकोको मेक्सिको सिटी प्रहरीले गत बिहीबार २० जना महिलाको हत्या गरेको अभियोगमा एक दम्पतिलाई पक्राउ गरेको छ । उक्त दम्पतिको साथबाट मानव शरीरका अंगहरु समेत बरामद गरेको थियो । ती मानव अंगहरु दम्पत्तिको घरको फ्रिज तथा दराजमा राखिएका थिए ।
उक्त दर्दनाक घटनाले रुसकी एक महिलाको सम्झना गराएको छ, जसले मानिसहरुको हत्या गरेर मान्छेको मासु खान्थिन । ती महिलाले मानिसको मासुलाई घरमा रहेको ठूलो फ्रिजभित्र राख्थिन । अनी निकालेर मासुका परिकार तथा अचार बनाएर खान्थिन ।
दिमित्री बाकसाएब र उनकी पत्नी नतालिया रुसको क्रसनोदर सहरमा बस्दथे । दुवै नरभक्षी थिए । उनीहरुमाथि शंका लागेर पुलिसले गिरफ्तार गरेको थियो । उनीहरुको घरमा खानतलासी गर्दा ८ जना मानिसका शव फेला परेको थियो । दुवैजनाले मानव अंगको अचार बनाएर राखेका रहेछन ।
प्रयोगशालामा अचारको परीक्षण गर्दा उक्त भयानक तथ्यको खुलासा भयो । नतालिया पेशाले नर्स थिइन । उनीहरुले कूल ३० जना मानिसको हत्या गरेर मासु खाएको स्विकार गरेका थिए ।
यता मेक्सिको सिटीबाट पक्राउ परेका दम्पतिले सुरुमा १० जना मानिसको हत्या गरी मासु खाएको स्विकार गरेकोमा अनुसन्धान गर्दै जाँदा २० जनाको हत्या गरेको खुलेको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्