सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

ऐश्वर्याले मेरो मुड्की भेटेको भए बच्थीनन्ः सलमान

बलिउड अभिनेता सलमान खानले तत्कालिन प्रेमिका ऐश्वर्या रायलाई हातपात गरेको प्रसंग पुरानो हो । तर, अहिले ‘मि टु’ अभियानले भारतमा उग्ररुप लिइरहँदा यो प्रसंग फेरि चर्चामा आएको छ । कतिपयले सलमान र ऐश्वर्याका पुराना अन्तरवार्ताहरु पनि सेयर गरिरहेका छन ।

सलमानले आफूमाथी हातपात गरेको कुरा ऐश्वर्याले सार्वजनिक रुपमै स्वीकारेकी छिन । यो उनीहरु अफेयरमा रहँदाको घटना हो । ऐश्वर्याले एक अन्तरवार्तामा भनेकी छन–‘उनले मलाई अन्य सहकर्मी कलाकारहरुसँग नजिकिएको भनेर शारीरिक र मानसिक आक्रमण गर्थे । भाग्यवश, मेरो शरीरमा कुनै चोटपटक लागेन । त्यसैले म केही नभएजस्तो गरी बसेँ ।’

सलमानको टर्चर सहन नसकेर आफूले प्रेम सम्वन्ध तोडेको ऐश्वर्याले बताएकी छन । तर, त्यसपछि पनि दुख दिन नछोडेको उनी बताउँछिन । ऐश्वर्याले भनेकी छिन–‘मैले कल रिसिभ नगर्दा उनी आफैलाई चिथोर्थे ।’ तर, सलमान यो कुरा स्वीकार्न तयार छैनन् ।

अहिले सामाजिक सञ्जालमा आइरहेको एउटा भिडियोमा उनले दिएको जवाफ रोचक छ । के तपाईंले कुनै महिलालाई हातपात गर्नुभएको छ ? भनी पत्रकारले सोधेको प्रश्नमा सलमान भन्छन–‘हो, एउटी महिला (ऐश्वर्यालाई ईंगित गर्दै) ले यस्तो आरोप लगाएकी छिन । यदि साँच्चै मैले हात हालेको भए सायद उनी जिवित रहने थिइनन् । मेरो मुड्की कति बलियो छ भन्ने त दुनियालाई थाहा छ ।’

ऐश्वर्या सलमानलाई छोडेर विवेक ओबरायसँग सम्बन्ध गाँस्न पुगेकी थिइन । तर, उनले बिहे भने अभिषेक बच्चनसँग गरिन । यता सलमान चाहिँ अहिलेसम्म अविवाहित नै छन । ऐश्वर्या पछि उनले थुप्रै प्रेमिका फेरिसकेका छन । अहिले उनको सम्बन्ध रोमानियाकी मोडल लुलिया वन्तुरसँग छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS