बच्चा जन्मेपछी थाहा भयो दाईले बलात्कार गरेको
राजधानी काठमाण्डौमा यौन अपराधको एउटा सोच्नै नसकिने घटना सार्वजनिक भएको छ । यो घटनाले समाज र परिवारको साइनो कसरी चुँडिदैछ भने कहालीलाई उजागर गरेको छ । एकपछि अर्को बलात्कारका घटना घटिरहेको बेला काठमाण्डौमा एक दर्दनाक घटना बाहिर आएको हो ।
बलात्कार भएको पनि त्यति बेला थाहा भयो, जतिबेला किशोरी प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगिन् र उनले मृत शिशुलाइ जन्माइन् । दाइ नाता पर्नेबाट १२ बर्ष देखि नै बलात्कृत हुँदै आएको वास्तविकता किशोरीले प्रहरी समक्ष बताउँदा समाज चकित बनेको छ ।
बुधवार राति ११ बजेतिर पेटमा असह्य पीडा भएको बताएपछि १५ बर्षीया किशोरी निशा (नाम परिवर्तन) लाई आफन्तले पिपुल्स अस्पताल लगेका थिए । चिकित्सकले जांच गर्दै गर्दा उनी पिसाब लागेको भन्दै शौचालय गइन् शौचालयबाट फर्कँदा उनको लुगामा रगत देखेपछि ड्यूटीमा रहेका चिकित्सकले पुनः जांच गरे र उनी गर्भवती रहेको थाहा पाए । उनी गर्भवती रहेको कुरा त्यतिबेला सम्म निशा र उनका आफन्तले अस्वीकार गरे ।
आफ्नो छोरी बिहान स्कुल जाने र बेलुका ६ बजे घर आइपुग्ने भन्दै त्यस्तो गलत प्रकृतिको नभएको जिकिर परिवारजनले गरिरहे । डाक्टर र किशोरीकी आमाबीच छलफल चलिरहेकै बेला निशा एकदमै पेट दुखेको भन्दै चिच्याउन थालिन् । त्यसपछि चिकित्सक र नर्सको टिमले लुगा खोलेर हेर्दा किशोरी सुत्केरी हुनै लागिसकेकी थिइन् । यो दृश्य देखेपछि भने किशोरीकी आमा छाँगोबाट खसेझैं भइन् ।
निशाले १ दशमलब ३ केजीको मृत शिशु (छोरी) जन्माइन् । अस्पतालमा संगै आएका दाइले गाउँ जाँदा कक्षा ६ मा पढ्दादेखि नै (१२ वर्ष) देखि नै बलात्कार गर्दै आएको बताइन । आमाबुबा नभएको बेलामा दाई आएर कोठामै बलात्कार गर्ने गरेको पीडा पनि उनले ओकलिन । शिशु किन मृत जन्मियो भन्ने विषयमा चिकित्सकले कि त आमाको उमेर नपुग्दा वा कुनै औषधि खुवाइएको कारण मृत्यु भएको हुनसक्ने जानकारी दिएका छन् ।
किशोरीले आफु दाइ नाता पर्नेबाटै बलात्कृत भएको चिकित्सकलाई बताएपछि चिकित्सकहरुले सोह्रखुट्टे प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गौतमकुमार केसीले अभियुक्त पक्राउ परिसकेको र अन्य अनुसन्धान जारी रहेको जानकारी दिएका छन । पारिवारीक घटना भएकाले सबै घटना विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्