चाउमिनको लोभमा बालिकाको बलात्कारपछी हत्या
दिनैपिच्छे बलात्कारका अमानविय र निकृष्ट घटनाहरु सार्बजनिक भईरहेको बेला धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया बालिका मनिका यादवको बलात्कार पश्चात हत्या भएको छ । बालिकाको बलत्कार र हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् ।
हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन । बलात्कार र हत्या आरोपमा पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् ।
उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ मनिकालाई घर बाहिर लगी बलात्कारपछि हत्या गरिएको हो । आरोपी मुखियालाई जनकपुरबाट र पण्डितलाई गाउँबाटै शनिबार पक्राउ गरिएको प्रहरी उपरिक्षक थपलियाले बताएका छन् ।
मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन् । आरोपितले मनिकालाई गाउँमै लागेको दुर्गा पूजाको मेला हेर्न र चाउमिन खुवाउने प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानमा थाहा भएको प्रहरीले बताएको छ ।
शुक्रबारदेखि छोरी हराइरहेको भनी मृतक बालिकाका अभिभावकले शुक्रबारदेखि छोरी हराइरहेको भनी उजुरी गर्न इलाका प्रहरी कार्यालय औरही पुगेपछि बालिकाको खोजीकार्य शुरु गरिएको थियो ।
स्थानीयवासीले मनिकाको शव धानबारीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्