सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्ता छन्, युवतीहरुले प्रेम प्रस्ताव नराख्नुका कारण

समय जति नै बदलिए पनि पुरुष जातिले स्त्री जातिलाई फकाउनुपर्ने, मनाउनुपर्ने अपवाद बाहेक एउटा प्राकृतिक नियम जस्तै हो । समयक्रमले युवापुस्ताको सोच र चलनमा व्यापक परिवर्तन आए पनि केही पुराना मान्यताहरु भने यथावत नै छन । स्त्री सम्बन्धका लागी पहल पुरुषले नै गर्नुपर्ने किन ?

यसका पछाडी कुनै सर्वमान्य र वैज्ञानिक कारण चाहीँ छैन । विचारको हिसावले त हामी धेरै अगाडि निस्किएका छौं तर, युवायुवतीबिच सम्बन्ध सुरुवात गर्ने मामिलामा अहिले पनि युवा नै अगाडी सर्नुपर्ने हुन्छ । युवतीहरुले युवकहरुसँग सम्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । जसमध्ये केही कारणहरु यस्ता छन्ः

१. अस्विकारको डर
युवतीहरुको सबैभन्दा ठूलो डर हो रिजेक्सन । सामान्य रुपमा महिलाहरु पुरुषले आफ्नो प्रेम प्रस्तावलाई अस्विकार गरिदिए भने के होला भन्ने सोच्छन । उनीहरुको मनमा यो कुराको डर सँधै हुन्छ । ‘उसमा मलाई कुनै रुची छैन । म त्यो स्थितीको सामना कसरी गर्न सक्छु ? अरु मानिसहरुलाई यो कुरा थाहा भयो भने उनीहरुले मेरो बारेमा के सोच्नेछन् ?’

यस खालका धेरै प्रश्नहरु छन्, जुन उनीहरुको दिमागमा दौडिरहेको हुन्छ । यसै डरको कारणले उनीहरु जुन युवकलाई मनपराउँछन उनीहरुलाई डेटको प्रस्ताव गर्न हच्किन्छन् र आँफैलाई रोक्छन् ।

२. उसले मेरो बारेमा के सोच्नेछ ?
महिलाहरुलाई आफूलाई कसैले मुल्यांकन गरेको मन पर्दैन । यही कारण उनीहरु पुरुषलाई प्रस्ताव गर्दैनन् । अरुले आफ्नोको बारेमा के सोच्नेछन् भन्ने डरको कारण आँफैलाई रोक्छन् ।

यो असुरक्षाको भावना नै उनीहरुको आत्मविश्वासमा भारी पर्छ । कुनै पनि महिला यो कुरामा डराउँछन् । उनीहरु युवकले यो त मेरो टाइपकी युवती होइनन् कि भन्ने सोच्छन कि भनेर चिन्तित रहन्छन् । महिलाहरुको मनमा सँधै पुरुष र आसपासका मानिसहरुले आफूलाई मुल्याङ्कन गर्ने भय हुन्छ ।

३. अरुसँग सम्बन्धमा पो छ कि ?
युवतीहरु विभिन्न खालका सवालहरुलाई आँफै उल्झाउँछन् । आफूले चाहेको पुरुष पहिलेदेखि नै अरुसँग सम्बन्धमा छन् कि भन्ने डरले उनीहरुको अगाडिको कदमलाई रोक्छ । उनीहरुलाई त्यो सम्बन्धको सुरुवातको बारेमा सोध्न पनि सक्दैनन् र यसै डरले पछाडि हट्छन् ।

४.आफुभन्दा युवक अब्बल पाउँछन्
महिलाहरु केहि गर्न भन्दा पहिले त्यससँग जोडिएका रिस्कको बारेमा पनि सोच विचार गर्छन् । यहि काम उनले कुनै पुरुषलाई अप्रोच गर्नभन्दा पहिले पनि गर्छिन् । यदि उनीहरुले आफूले चाहेको युवकलाई हरेक मामिलामा राम्रो पाएमा आँफै पछाडि हट्छन् । उनीहरुको यो सोचले नै उनीहरुलाई आफ्नो मनको कुरा भन्न रोक्छ ।

५. पर्सनालिटी राम्रो छैन
अहिलेको समयमा कसैसँग पनि यति धेरै समय हुँदैन कि उनीहरुले पर्सनालिटी राम्रो नभएका कुनै व्यक्तिसँग डिल गरुन् । यस्ता व्यक्तिहरुसँग कुरा गर्न मानिसहरुले धेरै रुची राख्दैनन् ।

महिलाहरुको मनमा पनि यो कुरा गढेको हुन्छ । त्यसैले कैयौं पटक उनीहरु मात्रै व्यक्तिको बाहिरी आकर्षणबाट प्रभावित हुँदा हुँदै पनि स्वभावको कारण पहिले अप्रोच गर्दैनन् । उनीहरुको मनमा उसको लुक राम्रो भए पनि उसको पर्सनालिटीले बिल्कुल अलग भयो भने के गर्ने भन्ने सवाल दैडिरहन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्