अत्याधिक मदिरा सेवनबाट एक जनाको मृत्यु
अत्याधिक मदिरा सवेनका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन ।
सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ ।
यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्