सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

८ महिनाकी शिशुलाई बलत्कार गरी हत्या गर्ने राक्षस

एक ८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । घटना लगत्तै पहिचान भइसकेका भनिएका अभियुक्तलाई पक्राउ गर्न नसकेपछी प्रहरी प्रशासनको आलोचना हुँदै आएको थियो ।

८ महिने शिशु सोनाली चौधरीको बलात्कार पछि हत्या भएको २ महिना पछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वा बस्ने २५ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त साह प्रदेश नम्बर १ स्थित मोरङको भण्टाबारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

महोत्तरीको भंगहा प्रहरी चौकीमा केहि महिना अघि इन्चार्जको रुपमा कार्यरत्त रहेका प्रहरी सहायक निरीक्षक अवधलाल साह हाल भण्टावारी स्थित प्रहरी चौकीमा कार्यरत रहेको र उनकै टोलीले भरत साहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनालीलाई गत भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगि बलात्कारपछि हत्या गरेर आप बगैँचामा फालेका थिए ।

उनले शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजको आधारबाट हत्यारा साह नै रहेको पहिचान भएको थियो । तर घटनापछी अभियुक्त साह लुकिछिपी भाग्दै आएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS