सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्वर्गका पाँच अप्सरा, जसले ऋषिको ध्यानै तोड्थे

शास्त्रमा स्वर्गका राजा देवराज इन्द्रदेवका अप्सराहरुको बारेमा विशेष चर्चा गरेको पाईन्छ । जबजब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको शास्त्रमा उल्लेख गरेको पाईन्छ । इन्द्रको सभामा थुप्रै अस्परा हुने गरेको शास्त्रको कथन छ ।

जान्नुहोस्, स्वर्गका यी पाँच अप्सराका बारेमा ।

रम्भाः
इन्द्रलोककी अप्सरा रम्भा आफ्नो सुन्दरताका कारण स्वर्ग, मृत्यु र पाताल गरी तीनै लोकमा प्रसिद्ध थिईन । धनका देवता कुबेरको छोरा नलकुबेरसँग रम्भा पत्नीकै रुपमा बस्ने गर्थिन । रावण रम्भासँग मोहित भएका थिए र उनले रम्भासँग सम्बन्ध गाँस्न चाहेका थिए ।

उर्वशीः
महाभारतमा उर्वशी सुन्दरताको बर्णन गरेको पाइन्छ । अर्जुन एकपटक स्वर्गलोकमा घुम्न गएका बेला उर्वशीको रुप देखेर मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मन पराएकी थिईन तर अर्जुनले उर्वशीको प्रेम प्रस्ताव अस्वीकार गरेका थिए । आफ्नो प्रेम अस्वीकार गरेको रिसले उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस भनी श्राप दिएकी थिइन ।

मेनकाः
ऋषि विश्वामित्रले एकताका कठीन तपस्या गरेका थिए । ऋषि विश्वामित्रको ध्यान भंग गर्न इन्द्रले मेनका नाम गरेकी अप्सरा धर्तिमा पठाएको कथन छ । मेनकाको रुप देखेर मोहित भएपछि ऋषि विश्वामित्रले ध्यान तोडेका थिए । पछि विश्वामित्र र मेनका विवाहबन्धनमा बाँधिएका थिए र शकुन्तला नामकी पुत्रीलाई जन्म दिएका थिए ।

तिलोत्तमाः
स्वर्गकी सबैभन्दा सुन्दरी अप्सराको रुपमा तिलोत्तमाको नाम अगाडी आउँछ । पृथ्वीको निर्माण गर्दा ब्रह्मदेवले संसारका सबैभन्दा सुन्दरतम वस्तुहरु संकलन गरेर तिलोत्तमाको निर्माण गरेको कथन पाईन्छ ।

पुंजिकस्थलाः
ध्यान बसिरहेका ऋषिको रुप देखेर पुंजिकस्थला अप्सराले खिल्ली उडाएकी थिईन् । उनको व्यवहारका कारण रिसाएर ऋषिले पुंजिकस्थलालाई बाँदरको अनुहार हुने श्राप दिएका थिए । पछि पुंजिकस्थलाले अञ्जनीको रुपमा बाँदर जातिको जन्म लिएर हनुमान पुत्रलाई जन्म दिएको शास्त्रमा उल्लेख छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्