यसकारण खाँदैनन् ब्राह्मणले लसुन, प्याज र च्याउ
हाम्रो समाजमा अँझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्मणहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर । आयुर्वेदका अनुसार खाद्य पदार्थ तीन खाले हुन्छन् ।
सात्विक
यसभित्र शान्ति, संयम, पवित्र र मनको शान्ति जस्ता गुणहरु हुन्छन् ।
राजसिक
यसमा उत्साह र खुसीका गुणहरु आउने गर्छन्
तामसिक
यसमा उत्साहा, क्रोध, अहंकार र विनाशका गुणहरु आउने गर्छन् । ब्राह्मणहरु लसुन र प्याज अहिंसाका कारण खाँदैनन् । प्याज, च्याउ र लसुन राजसिक र तामसिक रुपमा बाँडिएका छन् । यसको अर्थ यी चिजले उत्साह र अज्ञानतामा वृद्धि गर्छन् । यी चिजका कारण जमीनमा रहेका धेरै जिवाणुको मृत्यु हुनेगर्छ । जसले गर्दा यसको सेवन गर्न ब्राह्मण अस्विकार गर्छन् ।
त्यस्तै अर्को तर्फ शास्त्रका कारण पनि लसुन, प्याज र च्याउ ब्राह्मण खान अस्विकार गर्छन् । किनभने सामान्यतया यी खानाहरुले अशुद्धता बढाउँछन् । यी मिश्रित खानाहरु अुशद्ध खाद्यको श्रेणीमा पर्छन् । ब्राह्मणहरुलाई पवित्रता बनाई राख्न पनि यस्ता मिश्रित खानाहरु खाने गर्दैनन् । देवीदेवताको पुजा गर्नका लागि पनि शुद्धताको नियममा चल्नुपर्छ । यी मिश्रित खानाहरु अशुद्ध भएका कारण ब्राहमणहरु लसुन, प्याजदेखि पर रहन्छन ।
केही मानिसहरु मान्छन् कि, लसुन र प्याज खानाले व्यवहारमा समेत परिवर्तन आउने गर्छ । यसका कारण यिनीहरुको सेवन गर्दैनन् । सनातन धर्मका अनुसार प्याज र लसुन खानाले क्रोध बढाउने गर्छ र यसले अध्यात्मको मार्गमा समेत बाधा उत्पन्न गराउँछ । यसका कारण ब्राहम्णहरुलाई लाग्छ यिनीहरुको सेवन गर्नु हुँदैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्