यौन सम्पर्क गर्दा पलङ भाँचिएपछी अदालतमा मुद्दा
दक्षिणपूर्वी इंगल्याण्डमा सम्भोग गर्दा पलङ भाँचिएपछि उच्च अदालतमा मुद्दा दर्ता भएको छ । दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरका एक दम्पत्तिले सम्भोग गर्दा पलङ भाँचिएपछि उच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
ती जोडीले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै दुर्घटनाको सामना गर्नु परेको छ । समाचार अनुसार जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोगमा लीन थिए । तर एक्कासी उनीहरु यौनक्रिडा गरिरहेको पलङ भाँच्चियो र महिला भुइँमा बजारिन पुगिन् ।
सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् । उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड समेत भएको छ ।
सेक्स गर्दा पलङ भाँचिएर जिउ नै नचल्ने भएकी ती महिलाले पलङ बनाउने कम्पनी विरुद्ध मुद्दा हालेकी छिन् । उनले केही दिनअघि मात्र उक्त बेड खरीद गरेकी थिइन् ।
लण्डन उच्च अदालतमा यो मुद्दामा सुनुवाई भएको छ । उनले पलङकै कमजोरीका कारण दुर्घटना भएको दाबी गरेकी छिन् । पलङ उत्पादक कम्पनीले भने यस्तो आरोप अस्विकार गरेको छ ।
एजेन्सीको सहयोगमा
फेसबुकबाट कमेन्ट गर्नुहोस्