सिमा क्षेत्रमा भारतले नेपाली रेडियोको प्रशारण रोक्यो
भारत विरोधी प्रचार गरेको भन्दै भारतले नेपाल–भारत सीमाक्षेत्रमा रहेका नेपाली रेडियोको प्रशारणमा रोक लगाएको छ । सीमाक्षेत्रमा भारतविरुद्ध प्रचारवाजी गरेको र सुरक्षा खतराका बारेमा समाचार प्रशारण गरेको भन्दै भारतले सीमामा रहेका रेडियो स्टेशनको प्रशारणमा बन्देज लगाएको हो ।
हिन्दुस्तान नेटवर्क नामक भारतीय अखबारका अनुसार सीमा क्षेत्रमा रहेका माइती नेपाल, नेपालीको रेडियो, रेडियो हिमालय, रेडियो नेपाल, रेडियो कान्तिपुर, रेडियो अमरापुर र रेडियो तरंग लगायतमाथि रोक लगाइएको छ ।
सीमा क्षेत्रमा प्रशारण हुने रेडियोको फ्रिक्वेन्सी भारतीय सीमामा रहेका गाउँ र बिहार लगायतका क्षेत्रसम्म पनि सुनिने भएकाले केबल अपरेटरलाई नै रेडियो प्रशारण बन्द गर्न एडिजी कानून व्यवस्थापक अशोक कुमारले निर्देशन दिएको अखबारले उल्लेख गरेको छ ।
चंदनचौकी, गौरिफंटा, तिकुनिया क्षेत्र लगायत १७ स्थानमा प्रशारण रोक लगाइएको छ । यस्तै, नेपाली स्टेशनमा समेत कुप्रचार नगर्न भन्दै सजग गराइएको समेत अखबारमा उल्लेख गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्