सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जिप दुर्घटनामा डिआइजीसहित तिन जनाको मृत्यु

भर्खरै प्राप्त जानकारी अनुसार काभ्रेको मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी डिआइजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ ।

डिआइजी भण्डारीको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका तीन जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्