सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

राती २ बजे प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना

स्वास्थ्यमा थप समस्या आएपछी प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । सोमबार बिहान एकाएक स्वास्थ्यमा समस्या देखिएपछी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

उनलाई सोमबार बिहान साढे २ बजेतिर शिक्षण अस्पताल महाराजगञ्ज पुर्याईएको थियो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल पुर्याएको बताएका छन् । उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल छैन ।

प्रधानमन्त्री ओलीको उपचारमा अहिले मुटुरोग विशेषज्ञ डा.अरुण सायमी, निजी चिकित्सक डा.विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दास लगायतको टोली खटिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको हो ।

चिकित्सकले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताएका छन । डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई १/२ दिन चिकित्सकको निगरानीमै राखिनेछ ।

आइतबार मात्रै सचिवालयले एक प्रेस नोटमार्फत ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिइएको थियो । चिकित्सकको सल्लाहबमोजिम उनी नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी पनि उक्त प्रेस नोटमा दिइएको थियो ।

स्वास्थ्यमा समस्या रहेकै कारण नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागि हुन सकेका थिएनन् ।

यसैबीच, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री केपी ओलीलाई भेट्न अस्पताल पुगेका छन् । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS