सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हत्या अभियोगमा साउदीका राजकुमारलाई मृत्युदण्ड

saudi-rajkumar

आफ्ना साथीको हत्या अभियोग स्विकार गरेपछी साउदी अरबका राजकुमारलाई मृत्युदण्ड दिने घोषणा गरिएको छ । तीन वर्ष पहिले राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमारलाई मृत्युदण्ड दिइएको हो ।

त्यहाँको गृह मन्त्रालयका अनुसार प्रिन्स तुर्की बिन सउद अल कबीरलाई मृत्युदण्ड दिइएको छ । यद्यपि उनलाई कसरी मृत्युदण्डको सजाय दिइयो भन्ने प्रष्ट भएको छैन । साउदी अरबमा धेरै मृत्युदण्ड शिर छेदन गरेर दिने गरिन्छ ।

समाचार एजेन्सी एएफपीका अनुसार राजकुमार यो वर्ष मृत्युदण्ड पाउने १३४ औं व्यक्ति हुन । यद्यपि शाही परिवारका कुनै सदस्यलाई मृत्युदण्ड दिइएको यो दुलर्भ घटना हो । पीडित परिवारले ब्लड मनी लिन अस्वीकार गरेकाले मृत्युदण्ड दिइएको हो ।

साउदीको गृह मन्त्रालयका अनुसार राजकुमारले आफ्ना साथीको हत्या अभियोग स्वीकार गरेका थिए । मृत्यदुण्डको घोषणा गर्दै साउदीको गृह मन्त्रालयले भनेको छ–‘यसले हरेक नागरिकलाई भरोसा हुनेछ कि, सरकार न्याय र सुरक्षाका लागि प्रतिवद्ध छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्