चोरसँग सेक्स गर्दा पनि बचेन केवलीको ज्यान
सल्यानको सिमखर्कमा गत असोज २५ गते आफ्नै घरको कोठामा मृत फेला परेकी केवली नेपालीलाइ सोहि ठाउँ निवासि राजु भनेर चिनीने बिर बहादुर वस्नेतले हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले विहिबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । असोज २२ गते भारत बाट भखरै आएकी शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्क बस्ने ५० वर्षिय केवली नेपाली आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परेकी थिइन् ।
उनी भर्खरै भारतबाट आएकाले सोहि ठाउँ बस्ने १९ वर्षिय बिर बहादुर बस्नेत केवलीसंग भारतमा कमाएको पैसा छ भन्ने आशंकामा पैसा चोर्ने योजना बनाई राति केवलीको घरमा पुगेका थिए । त्यही पैसा चोर्ने विषयबाट शुरु भएको घटना यौन सम्बन्ध देखि हत्या सम्म भएको खुल्न आएको छ ।
असोज २४ गते रातिको घटना भएपनि २५ गते बिहान ८ बजे प्रहरीलाई खबर पुगेपछि जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीको टोली पुगेर कुकुर सहितको टोलीले अनुसन्धान अगाडी बढाएको थियो ।
प्रहरीले घटनास्थलको सुक्ष्म अध्ययन गरी शंकास्पद ब्यक्तिहरुसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न छिमेकी बर्ष १९ का बच्चु भन्ने राजु भनेर चिनीने बिर बहादुर बस्नेतलाई भोलीपल्ट २६ गते प्रक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताएका छन् ।
हत्या आरोपी बिर बहादुरले मृतक महिलालाई डोरिले घाँटी कसी धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान अनुसार पैसा चोर्न केवलीको घरमा पुगेका बिर बहादुरले एक हातले चक्कु र अर्काे हातले केवलीको घाँटी समातेर पैसा देउ भनी आग्रह गरेका थिए ।
केवलीले म संग पैसा छैन छिमेकी राम बहादुर ओलीको घरमा राख्न दिएकी छु भनिन् । बिर बहादुरले प्रहरीसंगको बयानमा अगाडी भने–‘त्यसपछि उनले मेरो हातको चक्कु खोसेर आफ्नो विस्तारामुनि राखिन् । यस्तो किन गर्छस् भोलि दिउँला तलाइ पैसा भनेर सम्झाइन् ।’
केवलीले बिर बहादुरलाई आज यतै सुत समेत भनिन् । ज्यान जोगाउनका लागी उनले अनेक उपाय खोजिन् । खाट मुनी रहेको रक्सी समेत पैसा चोर्न आएको बिर बहादुरलाइ खुवाइन् । र आफुले पनि संगै खाइन् । ज्यान लिन आँटेको बिर बहादुरसंग केवलीले दुई पटक यौन सम्पर्क समेत गर्नुपर्याे ।
बिर बहादुरले बयानमा भनेका छन्–‘त्यसपछि खाट मुनिबाट निकालेको आधा बोतल रक्सी खाएर हामी संगै सुत्यौँ ।’ सुतेको बेला राती कोठामा रहेको खोपाबाट ढुंगा खसेर भुइमा रहेको टिनमा लागेको र उक्त ढुंगा केवलीले ब्लायंकेट मुनी राखेर विस्तारामा पल्टेको बिर बहादुरले बयानमा बताएका छन् ।
केवलीको छोरा कमाइका लागी भारतमा रहेकाले यो कुरा छोरालाइ केवलीले भनेमा उसले आफुलाइ कुटपीट गर्छ भन्ने सोची हत्या गरेको उनले बयान दिएका छन् । बिर बहादुरले बयानमा भनेका छन–‘केवली नेपालीलाई भित्तामा झुण्ड्याएको कालो डोरीको टुक्रा काटी सोही डोरीले घाँटीमा केही बेर अड्याई राखेपछी उनी भुईमा उत्तानो परिन । घ्याक घ्याक गर्दै थिईन । मैले चक्कुले एकपटक घाँटी रेटी मारेको हुं ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्