सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पक्राउ परे सर्लाही गोलीकाण्डका मतियार नेकपा कार्यकर्ता

सर्लाहीमा गोली लागेर नेपाली कांग्रेसका कार्यकर्ता मारिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।

नेकपाका कार्यकर्ता उपेन्द्र राय यादवलाई शुक्रबार राति नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो । सर्लाहीको रामनगर–४ मा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको थियो ।

उक्त गोलीकाण्डमा नेकपाका १५ जना कार्यकर्ताविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । जसमध्ये गोली चलाउने भनी दुई जनाको नाममा किटानी जाहेरी परेको छ । उनीहरुको नाम भने खुलाइएको छैन । पक्राउ परेका उपेन्द्र राय यादवलाई भने घटनाको मतियार बनेको अभियोग छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्