सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट घोषणा गरिँदै

gyanendra-shah

पशुपतिनाथको वनकालीमा बिहीबारदेखि हुने विराट हिन्दु सम्मेलनले पुर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट घोषणा गर्ने तयारी गरेको छ । आयोजकका अनुसार सम्मेलनको उद्घाटन पनि पुर्वराजा ज्ञानेन्द्र शाहले नै गर्नेछन ।

आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिका अनुसार सम्मेलन यही कात्तिक ४, ५ र ६ गतेसम्म चल्ने छ । बुधबार पत्रकार सम्मेलन गरेर हिन्दुराज्य प्रजातन्त्र पार्टीका महासचिव रविन्द्र पौडेलले राजा बिनाको देश र आँखा बिनाको मान्छे एउटै हुने तर्क गरेका छन ।

यस्तै लिक नेपाल शान्ति एकता पार्टीका अध्यक्ष धनेन्द्र बस्नेतले वर्तमान शासन सत्ताले देशलाई विखण्डनको मार्गमा लिएको बताउँदै राजसंस्था बाहेक देशमा अरु कुनै शक्तिले शान्ति र स्थायित्व कायम गर्न नसक्ने दावी गरेका छन ।

सम्मेलनमा भारत लगायत बिभिन्न देशका हिन्दुवादी नेता, महात्मा, सन्त, योगीका साथै हिन्दु धर्मावलम्विहरुको उपस्थिति हुनेछ । ३५ दलीय मोर्चाको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्