छानबिनमा परेका व्यक्ति नै लोकमानको कुर्सीमा
महाअभियोग दर्ता भएसँगै लोकमानसिंह कार्की निलम्बित भएपछी अख्तियार प्रमुखको जिम्मेवारी विहीबारदेखि आयुक्त दीप बस्न्यातले सम्हालेका छन् । प्रमुख आयुक्त कार्की निलम्बित भएपछी बरिष्ठताका आधारमा आयुक्त बस्न्यातले कार्यबाहक अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेका हुन ।
संविधानमा प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा रहेका आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था छ । सो व्यवस्था अनुसार नै आयुक्त दिप बस्न्यातले कार्यबाहक अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेको प्रवक्ता गणेश कार्कीले बताएका छन् ।
प्रवक्ता गणेश कार्कीका अनुसार आयुक्त दीप बस्न्यातले आजैबाट काम थालेका छन । दीप बस्न्यात निजामति सेवामा सचिवबाट अवकाश पाएका व्यक्ति हुन । निजामति सेवामा रहँदा बस्न्यात आफ्नो सेवाकै अवधिमा अख्तियारको छानविनमा परेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्