सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

हिन्दु धर्मको गलैँचामा टेकेर राजा भित्र्याउन खोजियो

shashanka-koirala

कांग्रेस महामन्त्री शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा दिएको अभिव्यक्तिबारे पार्टीको केन्द्रीय कार्य समिति बैठकमा कडा आलोचना भएको छ । बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र स्वास्थ्य मन्त्री गगन थापाले महामन्त्री शशांकको अभिव्यक्ति माथि कडा आपत्ति जनाएका हुन ।

पार्टीको महाधिवेशनले अनुमोदन गरेका विषयमा प्रश्न उठाउन नपाइने भन्दै सिटौला र मन्त्री थापाले महामन्त्री कोइरालाको कडा आलोचना गरेका हुन । सिटौलाले महामन्त्री कोइरालातर्फ लक्षित गर्दै संविधानको मौलिक विषयमाथि पार्टी पदाधिकारीहरुबाट टीका टिप्पणी हुनु राम्रो नभएको बताएका थिए ।

बैठकमा सिटौलाले भने–‘हिन्दु धर्मको गलैँचामा फेरि राजतन्त्र फुलाउन खोजिएको छ, यो हाम्रा पदाधिकारी साथीहरुले बुझ्न जरुरी छ ।’ बैठकमा नेता गगन थापाले कांग्रेसले संविधान स्वीकार नगरेको हो कि भनेर प्रश्न गरेका थिए ।

बैठकमा थापाले प्रश्न गरे–‘आफ्नै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन नगरौं, हामीलाई चाहिएको छैन भन्न खोजेको हो ?’ महामन्त्री कोईरालाले हिन्दु राष्ट्रका बारेमा जनमत संग्रह गर्नुपर्ने आशयको अभिव्यक्ति दिएकोतर्फ संकेत गर्दै थापाले कुनै एउटा विषयमा जनमत संग्रह हुन नसक्ने बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS