नुवाकोटमा स्याल आतंक, टोकेर १५ जना घाईते बनायो
नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ । जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नं १ को ढिकुरेबजार, वडा नं ४ को चौघडाबजार लगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिएका छन् ।
वस्ती पसेको स्यालले शनिबार ढिकुरे बजारका चन्द्रबहादुर थापामगर, कोपिला थापामगर, ज्योति थापामगर, सोनम थापामगर, गीता नेपाली र वडा नं ३ का भीम रिजाललाई टोकेको थियो । घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार शनिबार साँझ नै लिखु गाउँपालिका वडा नं ४ चौघडा बजारमा पुगेको सोही स्यालले त्यहाँ पनि स्थानीय नौ जनालाई टोकेर घाइते बनाएको छ । वस्ती पसेको स्याल बौलाहा हुनसक्ने भएकाले त्यसको टोकाइबाट रेबिज लगायतका रोग सर्नसक्ने भन्दै सचेत हुन प्रहरीले आग्रह गरेको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्