सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मनिषालाई हरेक महिना नयाँ केटा चाहिन्थ्योः ऐश्वर्या

सन् ९० को दशकमा बलिउडमा नेपाली मूलकी मनिषा कोइराला र ऐश्वर्या राय निकै चर्चित हिरोइन थिए । त्यतिबेला ऐश्वर्या र मनिषा बीचमा ठूलो फाटो थियो जतिबेला राजीव मुलचंदानी मनिषासँग नजिकिएका थिए ।

सलमान खान र विवेक ओबरोय भन्दा पहिले ऐश्वर्याको पनि राजीव मुलचंदानीसँग अफेयर थियो तर ऐश्वर्याले यो कुरा कहिल्यै स्वीकार गरिनन् बरु उनले आफ्नो नाम मनिषाले जबरजस्ती राजीवसँग जोडिदिएको तर्क गरिन् ।

१९९९ मा ऐश्वर्याले मनिषामाथि निकै गम्भीर आरोप लगाएकी थिइन् र एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले भनेकी थिइन्–‘राजीव र ऐश्वर्याको सम्बन्ध टुटेको भन्दै एक मिडियामा समाचार आएपछि मैले यसबारे राजीवलाई सोधेकी थिएँ ।

राजीव मेरो राम्रो साथी हुन् र म राजीव र मनिषाको लभस्टोरीमा दखल दिन चाहन्न । त्यतिबेला मैले थाहा पाएँ कि राजीव र मनिषा छुट्टिइसकेका छन् । मनिषा अर्कै युवकलाई डेट गर्दै थिइन् । मनिषा हरेक महिना नयाँ केटासँग हुन्थिन् ।’

ऐश्वर्याले सो म्यागाजिनलाई दिएको अन्र्तवार्तामा भनेकी छिन्–‘समय बित्यो, म मिस वल्र्डको तयारीमा लागें । मिस वल्र्ड भएपछि म भारत आएँ र मनिषाको तमिल फिल्म बाम्बे हेरें ।

१ अप्रिलमा म मुम्बइ पुगें त्यही बेला राजीवले मलाई फोन गरे । मैले राजीवसँग भनें कि मनिषाले बाम्बेमा राम्रो काम गरेकी छिन् म उनलाई बधाइमा फूल पठाउन चाहन्छु । मेरो कुरा सुनेर राजीव हाँसे र मलाई उल्टै सोधे कि अखबार पढेकी छैनौ ?’

त्यतिबेला समाचारमा मनिषाको हवाला दिँदै लेखिएको थियो कि मनिषाले राजीव मुलचंदानीले ऐश्वर्यालाई लेखेका केही चिठी भेट्टाएकी थिइन् । चिठी राजीवकै ह्याण्डराइटिङमा थिए । त्यसपछि यी दुईको सम्बन्ध राम्रो हुन सकेन ।

डिसीनेपालबाट

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS