खर घाँस काट्न गएकी युवतीको भिरबाट खसेर मृत्यु
अछाममा खर घाँस काट्न गएका बेला भीरबाट खसेर शनिबार एक किशोरीको ज्यान गएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो ।
घरबाट खर काट्न गएकी चेतनाको दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको परिवारले जनाएको छ । भीरबाट करीब २० मिटर तल खसेकी चलाउनेको टाउकोमा चोट लागेर घटनास्थलमै ज्यान गएको बताइएको छ ।
उनीसँगै उनकी आमा र भाउजु पनि घाँस काट्न गएका थिए । मृतक चलाउने विद्या मन्दिर मावि विनायकमा कक्षा ९ मा अध्ययनरत रहेको उनका बुबा मीनबहादुर चलाउनेले बताएका छन् । मध्ये तथा सुदुरपश्चिम क्षेत्रमा यो मौसम सुकेको खर घाँस काटेर राख्ने समय हो ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्