सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

छोरीको न्यायका लागी निर्मलाका बुवाआमा धर्नामा

बलत्कारपछी हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवाआमा छोरीको हत्यारा सार्वजनिक गरी कारवाही गर्न माग गर्दै धर्नामा बसेका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ बर्षीया पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवी पन्त जिल्ला प्रशासन कार्यालय कन्चनपुरमा धर्नामा बसेका हुन् ।

छोरीको बलात्कारपछि हत्या भएको तीन महिना भन्दा बढी समय बितिसक्दा पनि स्थानीय प्रशासनले हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै उनीहरु अनिश्चितकालीन धर्नामा बसेका हुन् ।

हत्यारा सार्वजनिक नगरेसम्म प्रशासन कार्यालय अगाडि २४ सै घण्टा धर्नामा बस्ने चेतावनी दिएका छन । हत्या भएको १०९ दिन वितिसक्दा समेत सरकारले अपराधीलाई कानुनी दायरामा ल्याउन दबाब दिने उद्देष्यले सुरु गरिएको धर्नालाई नागरिक संघर्ष समितिले पनि साथ दिएको छ ।

नागरिक संघर्ष समितिले मदनचोकबाट दबाब ¥याली समेत निकालेको थियो । ¥यालीमा नागरिक समाजका अगुवा, विद्यार्थी, शिक्षक, पत्रकार, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी लगायत सरोकारवाला निकायको सहभागीता रहेको थियो ।

साथीको घरबाट गृहकार्य गर्न जान्छु भनि साउन १० गते घरबाट हिँडेकी निर्मलाको साउन ११ गते बिहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS