सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बर्थ डे पार्टीमा गएका दुई युवती ७ जनाद्वारा बलात्कृत

सिराहाको लहानमा बर्थडे पार्टीको बहानामा बोलाएर १५ वर्षीया किशोरी र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । भाइटीकाको दिन राति सामूहिक बलात्कारको घटना भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान २२, लक्ष्मीपुर पतारी २ निवासी एक किशोरी र एक युवतीलाई सात जना युवाहरुले सामुहिक बलात्कार गरेका हुन् । उक्त घटनामा संलग्न रहेका तीन जनाको पहिचान भएको र चार जनाको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिएका छन् ।

लहान नगरपालिका १२ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र बाँकी चार जनाको नाम खुल्न बाँकि रहेको प्रहरी नायव उपरीक्षक खरेलले बताएका छन् । पीडित दुवै युवतीले दिएको बयानका आधारमा बलात्कारीको पहिचान खुलेको हो ।

पीडितहरुले प्रहरीसँगको बयानमा भनेका छन–‘हरि चौधरीले आज मेरो बर्थ डे हो, बर्थडे पार्टीमा आउनु पर्यो भनी बोलाए, २ जनाले मोटरसाइकलमा घरबाट लहान लिएर आएको र उसको कोठामा केहीबेर पछि अन्य पाच जना युवाहरुको एक समुह आयो अनि हामी माथि सामूहिक बलात्कार गरे ।’

पीडित किशोरी र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । बलात्कार घटनामा संलगन सातै जना फरार रहेको हुँदा फरार सबै जनाको विशेष प्रहरी परिचालन गरी तिब्र गतिमा खोज तलास भइरहेको प्रहरी नायव उपरीक्षक खरेलले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS