पिकनिकबाट फर्किँदा भएको दुर्घटनामा ३ को मृत्यु
उदयपुरको बेलकामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २७ जना घाईते भएका छन् । बेलका नगरपालिका वडा नम्बर–८ स्थित रङमहलको ओरालोमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेमा २० वर्षका इन्द्र चौधरी, २० वर्षकी दीपिका चौधरी र १९ वर्षकी विनिता चौधरी रहेको बेलकाका मेयर दुर्गा कुमार थापाले जानकारी दिएका छन् ।
घाईतेको अवस्था बुझ्न विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका मेयर थापाका अनुसार २७ जना घाईतेहरुको उक्त स्वास्थ्य प्रतिष्ठानमा उपचार भईरहेको छ । तिहारमा देउसी भैलो खेलेको रकमबाट पिकनिक खाएर फर्कने बेला दुर्घटना भएको ट्याक्टरमा सवार अधिकाशं १८ बर्षमुनिका युवायुवती रहेका छन् ।
घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । चतरास्थित कोशी पुलमा पिकनिक खाएर फर्कने क्रममा से१त ५८५० नम्बरको ट्याक्टर रङमहलको ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरिक्षक नविन कुमार सिंहले बताएका छन् ।
सिंहले भने–‘हामीले ट्याक्टर दुर्घटना भएपछि सबै घाईतेहरुलाई जे सवारी साधन आउँछ, त्यहीमा पठायौं । घाईतेको उद्दार गर्नु नै पहिलो प्राथमिकता भएकाले हामीले घाईतेको विवरण समेत लिन भ्याएनौं ।’









फेसबुकबाट कमेन्ट गर्नुहोस्