सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अटेर गरेपछी सुदुरपश्चिम सरकारद्वारा मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सांसद कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा सपथ दिलाएका छन् । मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा भट्टले सुवेदीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

आजै भट्टले पदीय मर्यादा उलंघन गरेको भन्दै सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा रहेका दीर्घबहादुर सोडारीलाई बर्खास्त गरेका थिए । उनलाई बर्खास्त गरे लगत्तै प्रदेश सरकारले सुवेदीलाई नयाँ मन्त्री नियुक्त गरेको हो ।

सोडारीलाई बर्खास्त गरिएको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले पदीय मर्यादा विपरित गतिविधि गरेको कारण बखास्त गर्नु परेको जानकारी दिएका थिए । पार्टीको निर्देशन अनुसार नै उनी बर्खास्तीमा परेको प्रदेश सरकारले जनाएको छ ।

प्राप्त जानकारी अनुसार नेकपा सुदूर पश्चिम प्रदेशका इच्चार्ज भीम रावलको निर्देशनमा सोडारीलाई मुख्यमन्त्री भट्टले बर्खास्त गरेका हुन् । बर्खास्तीमा पर्ने सोडारी दोस्रो बन्त्री बनेका छन् ।

तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य कृष्णराज सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित भएका हुन् ।

पार्टीभित्र सोडारी र सुवेदी दुवैजना माधव नेपाल पक्षका हुन् । यसअघि प्रदेश नम्बर ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित बर्खास्तीमा परेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्