सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौका डान्सबारबाट ३५ बालबालिकाको रेस्क्यु

महानगरीय प्रहरी वृत्त, लैनचौरले ‘अपरेशन रेस्क्यू अन्डर एज’ मार्फत ३५ जना बालबालिकालाई डान्स बारबाट उद्दार गरेको छ । नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहिलो पटक ३ जना डान्स बार सञ्चालकलाई समेत पक्राउ गरिएको छ ।

लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जका ३ जना सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको हो । वृत्तका प्रमुख डीएसपी गौतम केसीका अनुसार ती बालबालिकालाई बारमा डान्सर, कामदार र यौनजन्य क्रियाकलापमा प्रयोग गरिएको भेटिएको थियो ।

डीएसपी केसीले भने–‘काठमाडौं प्रहरी परिसरमार्फत बालबालिकाको उद्दार गर्ने अभियान नै हामीले चलाएका छौं । अभियानलाई तीब्रता दिँदै जान्छौं ।’ उनले काठमाडौंका अन्य क्षेत्रमा पनि यो अभियान सञ्चालन भइरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्