बाघको आक्रमणमा ४ बर्षिया बालिकाको ज्यान गयो
तनहुँको भानु नगरपालिका–४, जोखानीकी एक बालिकाको बाघको आक्रमणमा परी ज्यान गएको छ । घरनजिकै खेल्दै गरेकी स्थानीय चार वर्षीया अस्मिता लम्साललाई बाघले आक्रमण गरेको बताईएको छ ।
बालिका अस्मिता लम्सालको उपचारका लागि ल्याउने क्रममा रत्नहरि अस्पताल दमौलीमा ज्यान गएको डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीका अनुसार उनको साँझ साढे ६ बजे ज्यान गएको हो । बालिकाको शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्