सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अध्यागमनका कर्मचारीले पठाए अर्कैको पासपोर्टमा

international-airport

अध्यागमनका कर्मचारीको मिलेमतोमा तिव्वती मूलका चिनियाँ नागरिक योङ डेङ अर्कैको राहदानी प्रयोग गरी त्रिभुवन विमानस्थलबाट चीन पुगेको तथ्य खुल्न आएको छ । डेङलाई चिनियाँ प्रहरीले छेङ्दु विमानस्थलमा पक्राउ गरेपछि यस्तो रहश्य खुल्न आएको हो ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमनका कर्मचारीको मिलेमतोमा अर्कैको पासपोर्टमा एयर चाइनाको विमानबाट चीन गएको तथ्य खुलेको छ । डेङ अर्का चिनियाँ नागरिक झा झी रोङको रद्द भइसकेको राहदानी प्रयोग गरेर असोज २५ मा चीन उडेका थिए ।

स्रोतका अनुसार छेङदु विमानस्थलमा उत्रिएपछि चिनियाँ अध्यागमन कार्यालयले उनीसँग पासपोर्ट माग्दा देखाउन इन्कार गरेका थिए । पासपोर्ट नदिएपछि छेङदु अध्यागमनले पक्राउ गरी अनुसन्धान गर्दा उनले त्रिभुवन विमानस्थलका अध्यागमन कर्मचारीलाई घुस दिएर सेटिङ मिलाई अर्कैको राहदानीमा चीन उडेको वयान दिएका छन् ।

पक्राउ परेसँगै एयर चाइनाले उनले प्रयोग गरेको राहदानीको फोटोकपी, परिचयपत्र, फोटो सहित अर्कै व्यक्ति गएको विवरण नेपाल स्थित अध्यागमन कार्यालयमा बुझाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्