सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

घरमा कोही नभएको बेला छिमेकीद्वारा बलात्कृत

सामूहिक बलात्कारको शिकार भएकी दलित महिलाले न्याय नपाएको गुनासो आइरहेकै बेला पर्सामा फेरि अर्की एक महिला बलात्कृत भएकी छन् । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया महिलालाई छिमेककी एक पुरुषले गत मंगलबार साँझ बलात्कार गरेका हुन् ।

पीडित महिलाकाअनुसार, गत मंगलबार साँझ गाउँकै ३२ वर्षीय राजकुमार यादवले बलात्कार गरेका हुन् । गत मंगलबार साँझ घरमा कोहि नभएको मौका छोपेर घरभित्र छिरेका यादवले आफनो मुख थुनेर जर्बजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन् ।

घटना पछि पीडित महिलाले घर बाहिर रहेका आफ्ना पतिलाई फोन गरेर घटना बारे जानकारी गराए पछि घर आएका पतिको सहयोगमा उनले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएकी हुन् ।

उजुरी पछि पीडित महिलाको बुधबार नै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् ।

स्वास्थ्य परीक्षण पछि पीडित महिलालाई घर पठाइएको भन्दै उनले भने–‘प्रहरीमा किटानी जाहेरी पर्ने बित्तिक्कै घटनाबारे सत्यतथ्य बुझी आरोपितलाई तत्काल पक्राउ गर्न इलाका प्रहरी कार्यालय पोखरीयालाई निर्देशन दिइसकेको छु, तर आरोपित फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS