सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रचण्डमाथी चितवनमा कार्यक्रमस्थलमै खुकुरी आक्रमण

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार बिहान चितवनको कृष्ण चोकमा स्थानीयले खुकुरी आक्रमण गरेको भनेर मिर्मिरे अनलाईनले समाचार प्रकाशन गरेको छ । अनलाईनले भिडियो क्लीप प्राप्त भएको उल्लेख गर्दै यो समाचार प्रकाशन गरेको हो ।

समाचार अनुसार खुकुरीसहित पुगेका ति व्यक्तिले प्रचण्डलाई ‘मार्ने’ धम्की समेत दिएका छन् । आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमा आयोजित स्थानीय पार्टी प्रवेश गर्ने कार्यक्रम चलिरहेको बेला आक्रोशित स्थानीय प्रचण्डमाथि आक्रमण गर्न खुँडा बोकेर मञ्चतर्फ अघि बढेका थिए । तर सुरक्षार्थ खटिएका सुरक्षा टोलीले उनलाई आक्रमण हुनबाट जोगाएका छन् ।

प्राप्त समाचार अनुसार बिहान ९ बजेतिर भएको उक्त कार्यक्रममा प्रचण्ड उपस्थित भएको केही समयमै आक्रोशित स्थानीयको एक समूहमा घरेलु हतियार खुकुरीसहित कार्यक्रमस्थल जम्मा भएका थिए ।

आक्रोशित समूहबीचबाट एकजना हातमा नांगो खुकुरी लिई प्रचण्डलाई गाली गर्दै अगाडि बढेर आक्रमण गरेका थिए । तर त्यस आक्रमणलाई सुरक्षाकर्मीले रोके । आक्रमणमा पर्नबाट प्रचण्ड जोगिए ।

समाचारमा जनाइएअनुसार आक्रमणपछि उपस्थित प्रचण्ड पक्षधरले उनको हातबाट खुकुरी खोसे र नियन्त्रणमा नलिई कार्यक्रमस्थलबाहिर निकाले । त्यसपछि पनि ती व्यक्तिले आक्रोशित भावमा चिच्याउँदै प्रचण्डलाई अपशब्दमा गालीगलौज गरिरहे । र, ‘मारिदिने’ धम्की दिइरहे ।

पुनः आक्रमण गर्न झम्टिरहे । आक्रमण गर्ने व्यक्ति प्रचण्ड नेतृत्वकै स्थानीय रिमाल थरका युवा भएको खुलेको छ । उनले प्रचण्डलाई ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको, जनयुद्धको उद्देश्यलाई कुल्चेको र देश र जनतामाथि गद्दार गरेको’ भन्दै तिखो शब्दमा गाली गरेका थिए ।

प्राप्त भिडियोमा आक्रोशित एक व्यक्ति (पुरुष)ले आक्रोशित मुद्रामा गाली गर्दै आफूलाई नसमातेको भए ‘आज त्यसलाई मारिदिन्थेँ’ भनेको प्रष्ट सुनिन्छ । ती व्यक्ति उनले ‘त्यो राँ…लाई.. आज मलाई …तिनीहरुले नसमातेको भए, हैन .. हान्थेँ, खुकुरी खै खुकुरी’ भिडियोमा सुनिन्छ ।

भिडियो घटना सुनेर घटनास्थलतर्फ जाँदै गर्दा आक्रमण गर्न खोज्ने व्यक्तिलाई केही मान्छेले तानेर बाहिर सडकतर्फ ल्याइरहेको अवस्थामा खिचिएको हो । समाचारमा जनाइएअनुसार आक्रोशित ती व्यक्ति आफ्नो हातको खुँडा कार्यक्रमस्थलमै खोसिएपछि प्रचण्डलाई तथानाम गालीगलौज गर्दै हतियार (खुकुरी)को खोजी गर्दै गरेको सुनिन्छ ।

त्यही अवस्थाबीच उनलाई केही महिला र पुरुषले समातेर कार्यक्रमस्थलदेखि अन्यत्रै लगेका थिए । रिमाल जनयुद्धमा सक्रिय र इमान्दार कार्यकर्ता भएको बुझिएको छ । अध्यक्ष प्रचण्डले जनयुद्धका एजेण्डा र उद्देश्यमाथि धोका दिएको भन्दै चौतर्फी आलोचना गर्दै खनिइरहेको समयबीच चितवनको कृष्णचोकमा यो घटना भएको हो ।

यस घटनापछि प्रचण्ड थप तनाव परेका निकटस्तहरु बताउँछन् । यसअघि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष रहेका बेला ६ वर्ष अघि पार्टीले दीपावलीको अवसर पारेर भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा हात मिलाउने मौका पारेर युवा पदम कुवँरले प्रचण्डलाई गालामा झापड हानेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS