R, P र S बाट नाम आउने युवतीले राख्छन बुढो खुशी
जीवनसाथीको राम्रो–नराम्रो बानीले श्रीमान–श्रीमती दुबैलाई प्रभावित तुल्याएको हुन्छ । दुबैले एक अर्कालाई बुझ्नका लागि केही समय लाग्छ र पछि दुबैको बानी पनि पर्छ । यीमध्ये R, P र S बाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई निकै खुसी पार्छन् ।
R बाट नाम सुरु भएका युवतीहरुः
जुन महिलाको आरबाट नाम सुरु हुन्छ, उनीहरु मनका निकै राम्रा हुन्छन् । उनीहरुको मन निकै सफा हुन्छ । उनीहरु अरुलाई खुसी राख्ने पूरा कोसिस गर्छन् । उनीहरु आफ्नो पार्टनरलाई निकै माया गर्छन् र भगवानमा उनीहरुको अत्यधिक आस्था हुन्छ ।
P बाट नाम सुरु भएका युवतीहरुः
उनीहरु आफ्ना श्रीमानसँग कुनै पनि कुरा लुकाउँदैनन् । यी युवतीहरु ठूलो सपना देख्छन् र सफल नभएसम्म यसमा अडिग हुन्छन् । उनीहरुले जीवनमा पैसा र इज्जत दुबै पाउँछन् ।
S बाट नाम सुरु हुने महिलाः
यो अक्षरबाट सुरु हुने नामकी महिला निकै सुन्दर हुन्छन् । उनीहरु जसलाई प्रेम गर्छन, जिन्दगीभर उनीसँगको साथ निभाउँछन् । उनीहरुको यही कुराले अरुलाई आकर्षित गर्छ । तपाईंको पार्टनरको नाम पनि यो अक्षरबाट सुरु हुन्छ भने तपाईं निकै भाग्यमानी हुनुहुन्छ ।
तर यी गुणहरु सबैमा लागु हुन्छन् भन्ने छैन । पश्चिमा देशहरुमा हुने यस्ता खाले अनुसन्धान र सोधमुलक खोजहरुले त्यहाँको व्यक्तिगत र सामाजिक चित्र प्रस्तुत गर्ने हुँदा नेपाली समाजमा यी सबै पुर्णत लागु हुन्छन् भन्ने हुँदैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्