नेपाली सेनामा ३ हजार ८ सय जनाको भर्ना खुल्यो
नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा नयाँ पदमा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा भर्ना खुलेको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार सार्जजनिक सुचना प्रकाशित गरी नयाँ भर्ना आह्वान गरेको हो ।
सूचनाअनुसार लेखा जमदार, अमलदार कर्मचारी, सहायक पण्डित हुद्धा, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन (ब्रास ब्याण्ड), बन्दोबस्ती कार्य सिपाही, कूचिकार, चर्मकर्मी, सूचिकार, लोहकार, सयस र केशकर्तक पदहरुमा भर्ना आह्वान गरिएको हो ।
उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्दा बढी ३५० सैन्य पदमा भर्ना खुलेको छ । यसैगरी पूर्वी पृतना इटहरी, नम्बर २ बाहिनी धनकुटा, मध्यपूर्वी पृतना धनुषा, नम्बर २८ बाहिनी बारा, मध्यपृतना मकवानपुर, नम्बर ९ बाहिनी सिन्धुली, उपत्यका पृतना नारायणहिटीमा भर्ना आह्वान गरिएको छ ।
त्यस्तै पश्चिम पृतना पोखरा, नम्बर २३ बाहिनी बागलुङ, मध्यपश्चिम पृतना रुपन्देही, नम्बर ४ बाहिनी नेपालगञ्ज, नम्बर १९ बाहिनी दाङ, उत्तरपश्चिम पृतना सुर्खेत, नम्बर २४ बाहिनी जुम्ला, सुदूरपश्चिम पृतना दिपायल र नम्बर ५ बाहिनी कैलालीमा पनि उम्मेद्वारले दरखास्त दिन सक्नेछन् ।
दरखास्त दिने म्याद मंसिर १० गतेदेखि मंसिर २४ गतेसम्म छ । त्यसपछि दोब्बर दस्तुर तिरेर पुस २ गतेसम्म दरखास्त दिन पाइने छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्